‘कंगाल करोडपति’मा मुख्य भूमिकाको लागि जोडिए रेयर राई ।  ‘कंगाल करोडपति’मा मुख्य भूमिकाको लागि जोडिए रेयर राई ।

अभिनेता रेयर राई आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’मा अनुबन्धित भएका छन् । फिल्ममा यसअघि मुख्य भूमिकामा अभिनेता मुकुन भुषाल र सलिना तामाङ अनुबन्धित भइसकेका छन् ।

फिल्ममा छिरिङ तामाङ, प्रविण राई र प्रवेश सापकोटा सह-निर्माताका रूपमा आबद्ध छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर हुन् ।

राजु श्रेष्ठको निर्देशन रहने फिल्म पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । प्रस्तुतकर्ता प्रविण आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी छन् ।

फिल्मको पटकथा सुमन गजमेरले लेखेका हुन् । हाल छायांकनका लागि विभिन्न स्थानको लोकेसन रेकी भइरहेको छ । साथै, केही कलाकार छायांकन हुने क्षेत्रबाटै चयन गरिने तयारी रहेको जनाइएको छ ।

अन्य कलाकार तथा छायांकनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti