भदौ ५ गतेबाट रिलिज तयारीमा रहेको फिल्म “मास्टर्नी” को प्रमोसनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दुर्गेशलाई वविना किरातीले स्वरमा साथ दिएकी छिन् । दुर्गेशले प्रियंकालाई उपहार स्वरुप यो गीत फिल्मको प्रमोशनका लागी दिएका हुन्।
प्रदिप लामाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर रहेका छन्।
भिडियोमा पवन सुस्लिङको छायांकन,सम्पादन र कलर रहेको छ।
आयंका फिल्मसको प्रस्तुतीमा तयार भएको फिल्मको निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माताको रुपमा रहेका छन्।
फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। प्रियंका कार्कीको कथा रहेको फिल्ममा शान थापाको स्किप्ट लेखन रहेको छ।



