दर्शक भेट्दै अरुण-सिम्रन  दर्शक भेट्दै अरुण-सिम्रन

फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरिरहेको देखिएको छ । बक्सअफिसको औपचारिक हिसाब आउन त बाँकी छ, यद्यपि निर्माताले बुधबारसम्मको कलेक्सन ३ करोड १० लाख रुपैयाँ ग्रस रहेको बताएका छन् ।

निर्माता सुमन गिरीले पहिलो साता फिल्मको कूल ग्रस साढे ३ करोड हाराहारीमा पुग्ने अनुमान गरे । ‘ब्यापारले हामीलाई उत्साहित तुल्याएको छ’ गिरीले भने, ‘रेस्पोन्सले हामीलाई खुसी दिएको छ ।

‘काठमाडौंदेखि पश्चिम नेपालमा फिल्म राम्रो गैरहेको छ । पूर्वमा केही कम छ’ उनले भने । गिरीका अनुसार, काठमाडौंभन्दा पश्चिममा बिहीबार ७० प्रतिशत र पूूर्वमा ५० प्रतिशत अकुपेन्सी छ ।

गिरीका अनुसार, काठमाडौं उपत्यकासहित मध्य नेपाल र पश्चिमको ब्यापार उत्कृष्ट छ । पूर्वमा भने अपेक्षित ब्यापार हुन नसकेको निर्माता गिरीले बताए ।

अरुण क्षेत्री, सिम्रन खड्का लगायतका कलाकार यतिबेला मोफसलमा फिल्म प्रवर्धनको चटारोमा छन् । पोखरा हुँदै उनीहरूले बुटवल, दाङ, भैरहवा र चितवनमा दर्शकसँगै बसेर फिल्म हेरेका छन् । आउने सोमबारदेखि पूर्वी नेपालका हलमा फिल्मको प्रवर्धन गरिने निर्माता गिरीले जनाए ।

शुक्रबारदेखि यो फिल्म अमेरिकाका २५ राज्यमा पनि प्रदर्शनमा आउँदैछ । कपिल रिजाल निर्देशित यो फिल्म महिलाका लागि विवाहभन्दा पनि शिक्षा महत्वपूर्ण छ भन्ने सन्देशसहित निर्माण भएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti