नीता ढुङ्गानाको फिल्म ‘पार्वती’को टिजर सार्बजनिक नीता ढुङ्गानाको फिल्म ‘पार्वती’को टिजर सार्बजनिक

नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को टिजर रिलिज भएको छ। बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो।
टिजरमा दिदीभाईको माया दर्शाइएको छ। अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ।

पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ। आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ। यो टिजरलाई साहिल खानले काटेका हुन्।

यसअघि यो फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ले दर्शकको मन जितिसकेको छर अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। नीताका साथमा अशोक दर्जी,दीपाश्री निरौला,सिरु विष्ट,राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय गरेको छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्।

यस फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ। संगीततर्फ दीपक शर्मा,बाबुल गिरी,प्रशान्त सिवाकोटी,लगायतकोसंगीत रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti