दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् ।
विद्यार्थी भिसामा पढ्न गएकाहरू फर्किएर मिस नेपालको उपाधि जितेको भएपनि विदेशमै स्थायी बसोबास गर्ने (एनआरएनएको दोस्रो पुस्ता) ले उपाधि जितेको थिएनन् ।
शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय नेपाली युवतीले मिस नेपालमा प्रतिस्पर्धा गरेपनि उपाधि जित्न सकेका थिएनन् ।
दोस्रो कीर्तिमान- मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरसँग अनुबन्धित डायस्पोराको उपाधि पनि जितेर लगातार मिस नेपालको मुख्य उपाधि जित्नु पनि यो पहिलोपटक हो । मिस नेपालमा दीपमालाको प्रवेश मिस नेपाल हङकङको उपाधि जितेसँगै पक्का भएको हो ।
दीपमालाले मिस भिजिनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पसजस्ता महत्वपूर्ण सहविधा जितिन् । केही विधाको जितले उनलाई सिधै सेमीफाइनलमा प्रवेश गरायो भने ‘ब्युटी विथ पर्पस’ले उनलाई आगामी मिस वर्ल्डको तयारी गर्न सहज हुने बुझ्न सकिन्छ ।
अर्कोतर्फ, एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र साङ्गठनिक रूपमा जोडिन चाहन्छन् ।
डायस्पोराको उपाधि जितेयता लगातार मिस नेपालकै उपाधि जितेको यो पहिलो घटना हो ।
तेस्रो कीर्तिमान- दीपमाला ग्रान्ड फिनालेमा ४ सहविधा जित्ने पहिलो प्रतियोगी बनिन् । यसअघि एकैजनाले यति धेरै सहविधा जितेका थिएनन् ।
उनको जितमा गैरआवासीय नेपाली संघले पनि उत्साहजनक प्रतिक्रिया दिएको छ । एनआरएनए उपाध्यक्ष रोजिना प्रधान दीपमालाको जितले गौरवशाली पारिवारिक इतिहासको निरन्तरता पाएको र गैरआवासीय नेपालीको ठूलो उपलब्धि रहेको प्रतिक्रिया दिएकी छन् ।
त्यसको प्रतिनिधित्व दीपमालाले गरेकी छन् । हङकङमा हुर्किएर, उतै अध्ययन गरेकी दीपमालाको मिस नेपालको यात्रा पछाडि भने आमाले थालेको ब्यूटी पेजेन्टको विरासत लुकेको छ ।
अब दीपमालासहित मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कस्मो कशिश सुब्बाले आयोजक संस्था द हिडन ट्रेजरको मातहत रहेर एकवर्ष काम गर्नुपर्ने हुन्छ । यसबाहेक, दीपमाला अर्को वर्षको मिस वल्र्डको तयारीमा जुट्नुपर्ने हुन्छ । साथै, आर्याले जापानमा हुने मिस इन्टरनेसनल र कशिशले भियतनाममा हुने मिस कस्मोको प्रतिस्पर्धामा जानुपर्ने हुन्छ ।

