आभिनित्री शिल्पा सेट्ठी नेपालमा आभिनित्री शिल्पा सेट्ठी नेपालमा

एक कार्यक्रममा सहभागी हुन चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी आज काठमाडौंमा आइपुगेकी छन् ।

दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने जनाइएको छ । मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।

आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।

सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको जनाइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti