अभिनेत्री स्वस्तिमा खड्का साउनमा हरियो पहिरनमा सझीन अभिनेत्री स्वस्तिमा खड्का साउनमा हरियो पहिरनमा सझीन

 अभिनेत्री स्वस्तिमा खड्काको लागि २०८३ साल खास बनिरहेको छ । यसवर्ष उनले व्यवसायिक र समीक्षात्मक दुबै पक्षबाट पं्रशसित फिल्म ‘लालीबजार’ दर्शकलाई दिइन् ।

करिअरको १० वर्षमा आफूलाई आर्टहाउस र कमर्सियल दुबै खाले फिल्ममा स्थापित गरेकी स्वस्तिमा आउँदा दिनमा अभिनयबाहेकको सिर्जनात्मक कार्यमा पनि अघि बढ्न चाहन्छिन् ।

अहिलेको ‘मस्ट डिमान्डेड’ अभिनेत्री स्वस्तिमालाई भ्याइनभ्याइ छ । एकातिर कथानक र अर्कोतिर विज्ञापन फिल्ममा उनको ब्यस्तता बढ्दो छ ।

अभिनय मात्र घरेलु फिल्मको पेशागत हकहितमा पनि उनी बोल्दै आएकी छन् । अहिले भगवान शिवको विशेष पूजाआजा र व्रत गरिने महिना साउन चलिरहेको छ । हिन्दू महिला हरियो पहिरनमा सजिएर शिवको पूजा गर्छन् ।

स्वस्तिमा यसैसाता अनलाइनखबरको स्टुडियोमा हरियो पहिरनमा ‘मोडल वाच’का लागि फोटो खिचाउन तयार भइन् । फोटोमा उनी आकर्षक देखिएकी छिन् । तस्वीरमा ‘साउन भाइब्स’ महसुस गर्न सकिन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti