फिल्म हिमालयन गोल्डको टिजर क्यूएफएक्स चेनका हलहरूमा रिलिज फिल्म हिमालयन गोल्डको टिजर क्यूएफएक्स चेनका हलहरूमा रिलिज

सुनिल थापा, कार्म, मेनुका प्रधान, परीक्षा लिम्बु स्टारर फिल्म ‘हिमालयन गोल्ड’को टिजर हलहरूमा रिलिज भएको छ । ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’को अवसर पारेर टिजरलाई क्यूएफएक्स चेनका हलमा रिलिज गरिएको हो । युट्युबमा भने टिजर दुई सातापछि मात्र आउने जानकारी अभिनेता कार्मले दिए ।

फिल्मको बटमलाइन राखिएको छ, ‘ सबैभन्दा बहुमूल्य खजाना नै सबैभन्दा गहिरो विश्वासघात हो ।’ यो फिल्मको निर्देशन धीरज राजवंशीले गरेका हुन् । दीपेन्द्र गौचनसँग मिलेर राजवंशीले पटकथा लेखेका हुन् ।

यो फिल्मको कथासार छ- ‘दुर्लभ हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न निस्किएकी एक ग्रामीण युवतीको यात्रा पहाडमा लुटेराहरूको निर्दयी गिरोहसँग जम्काभेट भएपछि बाँच्नका लागि गरिने भयावह सङ्घर्षमा परिणत हुन्छ ।

फिल्मबारे आधिकारिक वेबसाइटमा भनिएको छ, ‘ हिमालयको मनमोहक तर निर्दयी पृष्ठभूमिमा आधारित ‘हिमालयन गोल्ड’ले शोकमा डुबेकी पीडित कसरी साहसी व्यक्तिमा रुपान्तरण हुन्छिन् भन्ने कथा पेश गर्छ । मानवीय संवेदना र सासै रोक्लाजस्तो हुने तनावको सम्मिश्रण रहेको यो फिल्मले दृश्य र विषयवस्तु दुवै दृष्टिले समृद्ध भावनात्मक उतारचढाव प्रस्तुत गर्छ ।’

फिल्मको शीर्ष भूमिका सोनमको भूमिकामा परीक्षा छिन् भने मेनुकाले उनकी आमाको रोल गरेकी छन् ।

छायाँलय फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति भने अझै तय भैसकेको छैन । सुरुमा फिल्मलाई फेस्टिभलमा प्रदर्शन गर्ने र त्यसपछि हलमा ल्याउने बारे विचार भैरहेको जानकारी अभिनेता कार्मले दिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti