मिस नेपाल लुना लुइँटेल मिस वर्ल्ड प्रतियोगितामा सहभागीतमा मिस नेपाल लुना लुइँटेल मिस वर्ल्ड प्रतियोगितामा सहभागीतमा

 ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड २०२५’ लुना लुइँटेल शनिबार भियतनामतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे ।

द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले लुनाको सहभागितालाई लिएर आफूहरू उत्साहित र आशावादी रहेको बताए । त्यसतर्फ जानुअघि लुनाले नेपाल र भारतमा फास्ट-ट्रयाक विधालाई लक्षित गर्दै प्रशिक्षण लिइरहेकी थिइन् ।

१२० देश र क्षेत्रका सुन्दरीले प्रतिस्पर्धामा भाग लिँदैछन् । त्यसतर्फ लाग्नुअघि ‘मिस नेपाल’ लुइँटेलले मुलुकको शीर उँचो बनाउन आफूले सक्दो प्रयास गर्ने र आफू उत्साहित रहेको बताइन् ।

यसवर्षको मिस वर्ल्डमा लुनाले पर्वतको फलेवासको दुना टपरी, शिक्षा र स्वास्थ्यका प्रोजेक्टलाई ‘ब्यूटी विथ पर्पस’ प्रोजेक्टको रुपमा प्रस्तुत गर्दैछिन् । मिस नेपाल २०२६ दीपमाला ढकालले चाहिँ सन् २०२७ मा तान्जानियामा हुने प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

सन् २०२५ को ब्याचका सुन्दरीमध्ये लुनामात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन लागेको अन्तिम सुन्दरी हुन् । मिस नेपाल इन्टरनेसनल र कस्मोले गतवर्ष नै भाग लिइसकेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti