फिल्म‘गौंथलीले कमाए कूल १९ करोड ४५ लाख रुपैयाँ फिल्म‘गौंथलीले कमाए कूल १९ करोड ४५ लाख रुपैयाँ

 नेपाली फिल्म ‘गौंथली’ ले आक्रामक कमाइको गतिलाई निरन्तरता दिएको छ । आइतबार दिउँसोसम्म यो फिल्मको कूल ग्रस कमाइ १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । सम्भवतः आज वा भोलिसम्म फिल्मले ‘१२ गाउँ’ (१९ करोड ९२ लाख ग्रस) लाई उछिन्न सक्छ ।

यो भनेको १७ करोड नेट कलेक्सन हो । फिल्मको लगानी २ करोड ७५ लाख रुपैयाँ हो । आइतबार पनि सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ २० करोड हाराहारीमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।

सोही अवधिसम्म फिल्मलाई ७ लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।

‘गौंथली’ ले डायस्पोरामा समेत उत्कृष्ट कमाइ गरेको निर्माता सुमन गिरीले बताएका छन् । उनका अनुसार, फिल्मले अमेरिकामा २ लाख अमेरिकी डलर, अस्ट्रेलियामा १ लाख अस्ट्रेलियन डलर, दुबईमा ५० हजार दिराम, डेनमार्क र माल्टा लगायतमा २० हजार यूरो कमाइसकेको छ ।

क्यानडामा अर्को सातादेखि फिल्म रिलिज हुने निर्माता गिरीले जनाए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti