गायिका सुनिता दुलाल पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् । गर्भावस्थाको कारण घरमै आराम गरिरहेकी उनले सोमबार बेबी-बम्पसहितका आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

‘मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय, आमा बन्ने यात्राका यी अमूल्य पलहरू’ क्याप्सन लेख्दै उनले पतिसँगका फोटोहरू इन्स्टाग्राममा सेयर गरेकी छन् ।
१० साउनमा तीजको गीतमा एक टिकटक बनाउँदै उनले आफू गर्भवती भएको कुरा पहिलोपटक सार्वजनिक गरेकी थिइन् । दुलालले २०८२ सालको १३ मंसिरमा कांग्रेस नेता राजेश केसीसँग विवाह गरेकी थिइन् ।

