धिरज मगर वीरगञ्ज पुगेर नयाँ चलचित्रबारे यस्तो खुलासा धिरज मगर वीरगञ्ज पुगेर नयाँ चलचित्रबारे यस्तो खुलासा

‘इन्टु मिन्टू लन्डनमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता धिरज मगर पहिलो चलचित्रबाटै दर्शकमाझ लोकप्रिय बन्न सफल भए। आकर्षक उचाइ, कोरियन लुक्स र शालीन व्यवहारका कारण उनले छोटो समयमै ठूलो फ्यान फलोइङ बनाउन सफल भएका हुन्।

नेपाली चलचित्रमा प्रवेश गर्नुअघि नै बेलायतमा रहँदा भ्लगिङमार्फत आफ्नो छुट्टै फ्यान बेस बनाइसकेका धिरजलाई डेब्यु चलचित्रमै दर्शकले रुचाए। त्यसपछि लगातार चलचित्रमा व्यस्त रहेका उनका ‘बाबरी’, ‘खुस्मा’, ‘मैझारो’, ‘माइतीघर’ लगायतका चलचित्र प्रदर्शनमा आइसकेका छन्। उनी अभिनित अर्को चलचित्र ‘कुस्ती’ पनि प्रदर्शनको तयारीमा छ।

यसैबीच धिरज अर्को नयाँ चलचित्रमा आबद्ध भएको खबर बाहिरिएको छ। यद्यपि उनले चलचित्रको नाम र अन्य विवरण भने खुलाउन चाहेनन्। उनले नयाँ चलचित्रको फस्टलुक पोस्टरको सुटिङ भने भइसकेको जानकारी दिएका छन्।

धिरजले आफू नयाँ चलचित्रलाई लिएर निकै उत्साहित रहेको समेत बताएका छन्। हाल स्प्राइटका ब्रान्ड एम्बेसडर रहेका धिरज ब्रान्ड प्रवर्द्धनका क्रममा वीरगञ्ज पुगेका थिए। सोही अवसरमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै उनले आफ्नो नयाँ चलचित्रबारे जानकारी दिएका हुन्।

नयाँ चलचित्रमा धिरजको भूमिका कस्तो हुनेछ भन्ने विषयमा भने दर्शकले थप समय कुर्नुपर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti