‘लज्जावती’बाट ठूलो पर्दामा दमदार प्रवेश ‘लज्जावती’बाट ठूलो पर्दामा दमदार प्रवेश

 सुदूरपश्चिमको नाट्य यात्राबाट आफ्नो अभिनयको बलियो आधार तयार पारेका सशक्त र प्रतिभाशाली कलाकार हुन्— केशव रिजाल। रंगमञ्चको जीवन्त मञ्चमा आफ्ना हरेक चरित्रलाई न्याय गर्दै दर्शकको मन जित्न सफल रिजाल अब नेपाली चलचित्र क्षेत्रको ठूलो पर्दामा ‘नव-नायक’का रूपमा नयाँ सम्भावना र आशा बोकेर उभिँदैछन्।

आफ्नो अभिनयको भोक र निष्ठाका कारण नाटक घरदेखि चलचित्रको पर्दासम्मको यात्रा तय गरेका केशवले ‘कपट’, ‘बेड नं. ९९’, ‘बहुला काजी’, ‘अवान्तर’ र ‘छित्र क्यानभास’ जस्ता निकै चर्चित र समीक्षकद्वारा रुचाइएका नाटकहरूमा सशक्त अभिनय गरिसकेका छन्।

यसका साथै, राष्ट्रिय नाचघरको मञ्चमा मञ्चन भएका ‘दर्पण’ र ‘क्षितिज’ लगायत दर्जनाैँ नाटकहरूमा प्रस्तुत गरेको जीवन्त अभिनयले उनलाई एक परिपक्व र भर्सटाइल कलाकारका रूपमा स्थापित गरिसकेको छ। रंगमञ्चमा कमाएको यही लामो र मिहिनेती अनुभवलाई अब उनी ठूलो पर्दामार्फत दर्शकसामु पस्कने तयारीमा छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti