झरना थापाले सुरु गरिन् ‘ए मेरो हजुर ५’को छायांकन झरना थापाले सुरु गरिन् ‘ए मेरो हजुर ५’को छायांकन

 निर्देशक झरना थापाले आगामी फिल्म ‘ए मेरो हजुर ५’को छायांकन शुक्रबार काठमाडौंबाट थालेकी छन् । ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । दिलिप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी, आशा भुसालको पनि अभिनय हुनेछ ।

पाँचौं श्रृंखलाको शीर्ष भूमिकामा अनमोल केसी र सुहाना थापाले निरन्तरता पाएका छन् । अघिल्ला दुई श्रृंखलामा पनि उनीहरू देखिएका छन् ।

बडिमालिकाको उक्त दृश्यलाई निर्देशक थापाले समावेश गर्न खोजेको देखिन्छ । ‘बडीमालिकाजस्तो धार्मिक धरोहरमा छायांकन गर्न लागेकोमा खुसी छौं’ छायांकन थाल्दै उनले भनेकी छन् ।

यसअघि यो फिल्मका अघिल्ला केही भाग पनि कर्णाली र सुदुरपश्चिमका रमणीय दृश्यमा खिचिएको छ । फिल्ममार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्य रहेको कुरा त्यतिबेला पत्रकार सम्मेलनमा झरनाले बताएकी थिइन् ।

यो फिल्मलाई बाजुराको प्रसिद्ध रमणीय थलो बडिमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्जमा पनि छायांकन गरिने भएको छ । प्रधानमन्त्री बालेन शाहले चुनाव बेलादेखि नै बडिमालिकाको प्रचार गर्दै आएका छन् भने यो मन्दिरमा १ भदौदेखि पूजाआज सुरु हुँदैछ भने मेला लाग्दैछ ।

२५ वर्षपछि श्रृंखलामा झरनाको पुनरागमन हुनेछ । उनको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । यद्यपि, दर्शकका लागि उनको कमब्याक सरप्राइज प्याकेज अवश्य हुनेछ ।

यो फिल्म २०८४ सालको बैशाखमा प्रदर्शन हुने लक्ष्य राखिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti