‘हिमालय रोडिज’मा माल्भिका सुब्बा ग्याङ लिडर ‘हिमालय रोडिज’मा माल्भिका सुब्बा ग्याङ लिडर

 टेलिभिजनको एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ आठौं सिजनको ग्याङ लिडरमा पूर्वमिस नेपाल माल्भिका सुब्बाको प्रवेश भएको छ । केही दिनअघि शोले माल्भिकालाई नयाँ ग्याङ लिडरको रुपमा घोषणा गरेको छ ।

दर्शकको मतको आधारमा यसपटक ग्याङ लिडर छनोट गरिएको जनाइएको छ । यसपटकको शोको थिम ‘एटिच्युड भर्सेस अल्टिच्युड’ राखिएको छ । जसअनुसार, सिजनको छायांकन गण्डकीको पर्वत, म्याग्दी हुँदै हिमालपारिको मुस्ताङमा हुनेछ ।

निर्देशक सिमोस सुनुवारले नेपाली सञ्चार क्षेत्रमा २५ वर्षदेखिको माल्भिकाको अनुभवलाई दर्शकले कार्यक्रममा हेर्न पाउने बताए । ‘मिडियामा उहाँको अनुभव पनि छ । ग्याङ लिडर यस्तै चाहिन्छ । उहाँ अनुपलाई टक्कर दिन सक्ने मान्छे पनि हो’ माल्भिकाबारे निर्देशक सिमोसले भने ।

माल्भिकासहित अनुपविक्रम शाही र आशिष राना ग्याङ लिडरको रुपमा निश्चित भैसकेका छन् । थप एकजना ग्याङ लिडर तय हुन बाँकी रहेको र चाँडै घोषणा हुने जनाइएको छ ।

रोडिजबाहेक निर्देशक सुनुवार ‘शार्क ट्यांक’को दोस्रो सिजनको छायांकनमा पनि ब्यस्त छन् । ‘दुवै कार्यक्रम एकैपटक छायांकन हुँदा एकदमै दबाबमा छु’ सिमोस सुनिए । उनका अनुसार, शार्क ट्यांक नयाँ सिजनको छायांकन अर्को महिनादेखि सुरु हुनेछ ।

पर्वतको कुस्मा, म्याग्दीको बेनी हुँदै मुस्ताङसम्म शो छायांकन हुने सिमोसले जनाए । रेमनदास श्रेष्ठले सिजन होस्ट गर्दैछन् । उपाधिका लागि १६ जनाले प्रतिस्पर्धा गर्दैछन् । दशैंअघि हिमालय टिभीमा शो प्रसारणको लक्ष्य छ ।

दोस्रो सिजनमा दर्शकले दुईजना नयाँ अतिथि शार्कलाई देख्न पाउने भएका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti