चर्चित हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ दशकपछि स्वदेश फर्किएका छन् । नेपालमा टेलिभिजन सिरियलमा काम गर्दै गर्दा उनी अमेरिका पुगेका थिए ।

चर्चित हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ दशकपछि स्वदेश फर्किएका छन् । नेपालमा टेलिभिजन सिरियलमा काम गर्दै गर्दा उनी अमेरिका पुगेका थिए ।
११ वर्षपछि उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा कलाकार जितु नेपाल लगायतले उनलाई स्वागत गरे । जितु र गोपालले हिट सिरियल ‘जिरे खुर्सानी’मा सहकार्य गरेका थिए ।
जिरे खुर्सानीमा उनी नियम कडा छ थेगो बोल्ने ट्राफिक प्रहरीको भूमिकामा थिए, जुन नेपाली दर्शकमाझ लोकप्रिय पनि थियो । त्यसबाहेक, उनी अभिनित तीतो सत्य र ट्वाक्क टुक्क पनि हिट श्रृंखला हुन् ।
यो छोटो बसाइमा पारिवारिक घुमघामदेखि मिलेसम्म केही फिल्मको गेस्ट रोलमा अभिनय गर्ने बताए । जितु नेपालको छायांकन भैरहेको फिल्म ‘कार्की साइँला’मा आफू गेस्ट रोलमा देखिने उनको भनाइ छ ।
उनले भने, ‘अहिले पारिवारिक भेटघाट हो मुख्यरुपमा । घुमघाम र मिलेसम्म एउटा फिल्ममा पनि कुरा भैराखेको छ । साथै, २०८४ मा रिलिज गर्ने गरि फिचर फिल्म निर्माणको तयारीमा आफूहरू जुटेको पनि गोपालले बताए ।



