‘गौंथली’को ३१ दिनमा २३.५५ करोड कमाइ ‘गौंथली’को ३१ दिनमा २३.५५ करोड कमाइ

प्रदर्शनको ३१ दिनसम्म फिल्म ‘गौंथली’ले देशब्यापी २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले आइतबारसम्मको कमाइको विवरण बाहिर ल्याएको हो ।

प्रदर्शनरत अर्को फिल्म ‘कमला मिस’को कमाइ निकै कमजोर देखिएको छ । नीर शाह निर्देशित यो फिल्मले आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस मात्र कमाएको छ । यसलाई ७१८ जना दर्शकले मात्र हेरेका छन् ।

जसअनुसार, सोही अवधिसम्म यो फिल्मलाई ८ लाख ५५ हजारभन्दा धेरै दशर्कले हेरेका छन् । कपिल रिजाल निर्देशित यो फिल्म सर्वकालिन धेरै कमाउने दोस्रो नेपाली फिल्म बनिसकेको छ ।

अर्को फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ कमाएको छ । यो फिल्मलाई ७७१० जना दर्शकले हेरेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti