सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ । नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा प्रस्तुत गर्ने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको हो ।
गीतको शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।
रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ ।
तीज गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार-प्रसार गर्ने गीत तयार गरिएको स्रष्टाहरूको भनाइ छ ।
सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत-संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनामा निरन्तरता दिँदै आएका छन् ।
घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई थप सशक्त बनाउने प्रयास गीतमा गरिएको छ ।
सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत-संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनामा निरन्तरता दिँदै आएका छन् ।
‘रेलिमै घुमौँला फिरम्ला’ पनि त्यही अभियानको निरन्तरता भएको बताइएको छ । सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । तीज पर्वको अवसरमा नेपाली मौलिकता, पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षासहित गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।


