हरिवंश आचार्यले पुर्ख्यौली थलोमा टिमुर र एभोकाडोका बिरुवा रोपेका छन् हरिवंश आचार्यले पुर्ख्यौली थलोमा टिमुर र एभोकाडोका बिरुवा रोपेका छन्

अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’ को बेला कार्वन उत्सर्जन कटौतीमा योगदान दिने भन्दै वृक्षारोपण गर्ने वाचा गरेका थिए । वाचाअनुसार, उनले पुर्ख्यौली थलो काभ्रेमा वृक्षारोपण थालेका छन् ।

यसअघि फिल्म महाजात्राका निर्माताले कार्वन तटस्थ पहलअनुसार फिल्म छायांकन गरिएको बताएका थिए । छायांकनको बेला केही हिस्सा कार्वन उत्सर्जन हुने भएपछि हरिवंशले सोहीअनुसार विरुवा रोपेका हुन् ।

हरिवंशले केही दिनअघि काभ्रेको धुलिखेल वडा १२ मा पर्ने शंखुस्थित जग्गामा ५० वटा टिमुरको बोट रोपेका हुन् । त्यसपछि एभोकाडो रोप्ने हरिवंशको तयारी छ ।

‘टिमुरको बोटमा काँडा हुने भएर यसले बारको काम पनि गर्छ । यो नगदेबाली पनि भएकाले रोपेको हुँ’ हरिवंशले भने । हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा यसअघि गरेका थिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti