कपिल रिजाल निर्देशित फिल्मले सकारात्मक प्रशंसा बटुल्दै घरेलु फिल्ममा कीर्तिमानी कमाइ गरेको छ । यो फिल्म अहिले सर्वकालिन दोस्रो धेरै कमाउने फिल्म हो ।
फिल्मलाई अहिलेसम्म ८ लाख ८४ हजारभन्दा धेरैले हेरेका छन् । निर्माता सुमन गिरीले आगामी सप्ताहन्तमा फिल्मले २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको बताए ।
बिहिबार दिउँसोसम्म यो फिल्मले घरेलु बक्सअफिसमा साढे २४ करोड हाराहारीमा कमाइ गरेको छ । फिल्मको अहिलेसम्मको कूल ग्रस कलेक्सन २४ करोड २५ लाखभन्दा धेरै छ ।
नेट कलेक्सन २१ करोड १८ लाख रुपैयाँ छ ।
नारी संवेदना र संघर्षको कथावस्तुमा बनेको यो फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा समेत सुखदरुपमा प्रदर्शन भैरहेको निर्माताको भनाइ छ ।
फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्रीको केन्द्रीय भूमिका छ ।


