सुरक्षा बनिन् पहिलो नेपाली महिला युट्युबमा १० लाख सब्सक्राइबर सुरक्षा बनिन् पहिलो नेपाली महिला युट्युबमा १० लाख सब्सक्राइबर

नेपाली भ्लगर तथा राइडर सुरक्षा केसी युट्युबमा १० लाख सब्सक्राइबर पाउने पहिलो नेपाली महिला मोटो-भ्लगर बनेकी छन् । उनको ‘सुरक्षा केसी अफिसियल’ च्यानललाई १ मिलियनभन्दा धेरैले पछ्याएका छन् ।

उनले पछिल्लो समय भारतको मनाली, नुर्बा भ्याली, लद्दाख लगायतको थलोका भिडियो हालेकी थिइन्, जसलाई दर्शकले रुचाएका छन् । म्याग्दी घर भएकी सुरक्षाका श्रीमान विविधजंग थापा (मोटो भ्लगर) लाई पनि युट्युबमा झन्डै १६ लाखले पछ्याएका छन् ।

नृत्य र राइडिङका छोटा भिडियो हालेर १० वर्षअघि उनले च्यानल थालेकी थिइन् । पछिल्लो समय उनले बनाउने मोटो-भ्लगका भिडियोलाई दर्शकले रुचाएका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti