‘गौंथली’ को घरेलु कमाइ २५ करोड पार ‘गौंथली’ को घरेलु कमाइ २५ करोड पार

फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार अपरान्हसम्म कपिल रिजाल निर्देशित पिल्मको कूल कमाई २५ करोड रुपैयाँ ग्रस नाघेको छ ।

यो फिल्म नेपालसहित अमेरिका, युरोप, मध्यपुर्व, अस्ट्रेलियामा प्रदर्शन भइसकेको छ । आइतबार यो फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर गरिएको छ ।

फिल्मको नेट कलेक्सन २१ करोड ८४ लाख रुपैयाँ हुन आउँछ ।

सोहि अवधीसम्म फिल्मलाई ९ लाख ८ हजार भन्दा धेरै दर्शकले हेरेका छन् । महिलाको संघर्ष र सम्वेदनाको कथावस्तुमा आधारित फिल्ममा सिमरन खड्का र अरुण क्षेत्रीको शीर्ष भूमिका छ । यो फिल्म सर्वकालिन दोस्रो धेरै कमाई गर्ने चलचित्र बनिसकेको छ ।

निर्माताले ५१ दिनको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारी गरिरहेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti