‘युग’को वर्कसप सुरु, भदौ दोस्रो साताबाट छायांकन ‘युग’को वर्कसप सुरु, भदौ दोस्रो साताबाट छायांकन

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने सिनेमा  ‘युग’ को वर्कसप यतिबेला सञ्चालन भइरहेको छ। वर्कसप सम्पन्न भएलगत्तै सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडा जानकारी दिए ।

‘युग’ को कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। सिनेमा सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले लगानीमा बन्नेछ ।

सामाजिक विषयवस्तुमा आधारित यस सिनेमामा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, लगायत थुप्रै कलाकारहरूको अभिनय रहनेछ ।

 ‘युग’ मार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । साथै मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही सिनेमाबाट नेपाली सिनेक्षेत्रमा आफ्नो अभिनय यात्रा सुरु गर्दैछन् ।

निर्माण टिमका अनुसार वर्कसपमार्फत कलाकारहरूको तयारीलाई सकिएपछि सिनेमाको छायांकन तीव्र गतिमा अघि बढाइनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti