र्यापर रातो रानी (जेनी योञ्जन) लाई ‘हिमालय रोडिज सिजन ८’ को ग्याङ लिडर (जज) को रुपमा देख्न पाइने भएको छ । शोले रातो रानीलाई आधिकारिकरुपमा अनुबन्धित गरिएको जनाएको छ ।
निर्देशक सिमोस सुनुवारका अनुसार देशका विभिन्न ठाउँमा अहिले आठौं सिजनको अडिसन भैरहेको छ । अर्को महिनादेखि शोको छायांकन सुरु हुने जानकारी निर्देशक सुनुवारले दिए ।
यसअघि अनुपविक्रम शाही, आशिष राना ‘लाउरे’ र माल्भिका सुब्बा ग्याङ लिडरको रुपमा अनुबन्धित भैसकेका छन् । माल्भिका र रानो रानी पहिलोपटक शोमा जोडिएका हुन् ।
पूर्व अमेरिकी सैनिक समेत रहेकी रानो रानी पछिल्लो समय नेपाली हिपहप संगीतमा ब्यस्त छिन् । उनी सामाजिक सञ्जालमा समेत पछिल्लो समय चर्चित छिन् ।



