अटिजमको कथा बोकेको ‘पार्वती’ले फरक स्वाद दिने दाबी अटिजमको कथा बोकेको ‘पार्वती’ले फरक स्वाद दिने दाबी

नीता ढुंगाना निर्देशित चलचित्र ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई लिएर दर्शकमा पनि उत्साह छ ।

प्रदर्शनपूर्व देश दौडाहामा रहेको चलचित्र युनिट मंगलबार चितवन आईपुग्यो । चितवनमा भएको पत्रकार सम्मेलनमा चलचित्रकी निर्देशक, कथाकार तथा नायिका नीता ढुंगानाले अटिजमको कथा बोकेको ‘पार्वती’ ले दर्शकलाई फरक स्वाद दिने बताईन् ।

अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई देखाउन खोजिएको छ । चलचित्रमा नीताले अटिमजम भएकी महिलाको पात्र निभाएकी छन् । कलाकार अशोक दर्जी उनको भाईको भूमिकामा छन् ।

नीताले अशोकले निभाएको भाईको चरित्रमा अन्य कलाकारलाई कल्पना नै गर्न नसकिने समेत बताईन् । चलचित्र प्रदर्शनपछि दर्शकहरु आँफैले पनि यो बिषय मनन गर्ने उनको विश्वास छ । उनले अटिजम भएकी महिलाको चरित्र निभाउन यस बारे लामो समय अध्ययन गरेको बताईन् ।

अटिजम आँफैमा संवेदनशिल बिषय भएकोले पनि लामो समय अध्ययन गरेर मात्रै आँफैले आँफैलाई अटिजम भएकी महिला पात्रको रुपमा पर्दामा उतारेको नीताले बताईन् । अटिजम भएकी महिलाको दैनिकीलाई नजिकबाट नियालेरबाट आफूले चलचित्र बनाएको उनको भनाइ छ ।

नीताको भाईको भूमिकामा रहेका कलाकार अशोक दर्जीले ‘पार्वती’ सबैले हेर्नै पर्ने सामाजिक कथा बोकेको चलचित्र भएको बताए । निर्माता हरिहर अधिकारीले चलचित्रको टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिकृया पाएको बताए । उनले प्रदर्शनपछि चलचित्र कथाले नै सबै कुरा बोल्ने बताए ।

चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti