मनोरञ्जनका कार्यक्रम रोकिँदा प्रकाश दूतराज र रचना रिमालका कन्सर्ट पनि स्थगित मनोरञ्जनका कार्यक्रम रोकिँदा प्रकाश दूतराज र रचना रिमालका कन्सर्ट पनि स्थगित

जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।

गायक दूतराजले जनैपूर्णिमाको अवसरमा पहिलो लोकसंगीत ब्यान्डको रुपमा ‘प्रकाश दूतराज एन्ड लाइनअप’ घोषणा गर्ने कार्यक्रम थियो । संघले विज्ञप्ति जारी गर्दै अहिले मानवीय सेवा र राहतमा जुट्नुपर्ने बेला भएकाले दूतराजको उक्त कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ ।

सरकार उद्धार र राहतमा जुटिरहेको छ । अझै ८ सयभन्दा धेरै सम्पर्कविहिन भएको विवरण आइरहेका छन् । यस्तो असहज परिस्थितीमा कलाकारले धमाधम मनोरञ्जन र कलाकारितासम्बन्धी गतिविधि स्थगित गरेका छन् ।

गायक दूतराजले जनैपूर्णिमाको अवसरमा पहिलो लोकसंगीत ब्यान्डको रुपमा ‘प्रकाश दूतराज एन्ड लाइनअप’ घोषणा गर्ने कार्यक्रम थियो । संघले विज्ञप्ति जारी गर्दै अहिले मानवीय सेवा र राहतमा जुट्नुपर्ने बेला भएकाले दूतराजको उक्त कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ 

अर्को मिति चाँडै घोषणा हुनेछ । रचनाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको जानकारी पनि गराएकी छन् ।

सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेकी गायिका रचना रिमालले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको सामाजिक सञ्जालबाट जनाएकी छन् । यो दुःखद अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मको लागि २८ अगस्टदेखि १२ सेप्टेम्बरसम्म त्यहाँका विभिन्न सहरमा हुने कार्यक्रम स्थगित गरिएको रिमालले जनाएकी छन् ।

आज बिहीबार हुने तयारीमा रहेको कमेडी च्याम्पियन सिजन ४ ले घोषणा पत्रकार सम्मेलन पनि स्थगित गरेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti