मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टिभी श्रृंखला जुठे र हल्का रमाइलोका कलाकार भोेटेकोशी बाढी प्रभावित थलोमा राहतका लागि जुटेको छ । सोमबार नुवाकोटको विदुरमा यो टोलीले २० घरलाई राहत सामग्री बाँडेको छ ।
यो टोली दोस्रो चरणको राहत वितरणको लागि बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिकातिर लागेको छ । बल्छी धुर्बेसहित बान्द्रे, पुकु र साहुनी पात्रको भूमिका निर्वाह गर्ने कलाकार त्यता लागेका छन् । यो टोलीलाई स्थानीय खगेन्द्र पोखरेलले वितरणमा समन्वय गरिरहेका छन् ।

प्रभावित थलोमा पुग्दा पीडितले आफूहरूले सरकारी राहत समयमै नपाएको गुनासो गरेको बताए । ‘धेरैजनाले मलाई भन्नुभयो र मेसेज पनि गर्नुभएको छ, सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा मात्र राखेर हुँदैन । तत्कालै बाँड्नुपर्छ’ उनले भने ।
सिरियलको टोलीले नुवाकोटको त्रिशुली ११ गेर्खु र विदूर-२ मा ३० भन्दा धेरै घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न र शैक्षिक सामग्री बाँडेको छ । १ लाख रुपैयाँ बराबरको सामान बाँडेको बल्छी धुर्बेले बताए ।
राहत सामग्री वितरणमा एकद्वार नभएर बहुद्वार नीति लागु गर्न बल्छी धुर्बेले सरकारलाई सुझाव दिए ।





