त्रिशूली पुगेर सोनु सूदको प्रतिबद्धता‘पीडितलाई नयाँ सुरुवातमा सघाउँछु’ त्रिशूली पुगेर सोनु सूदको प्रतिबद्धता‘पीडितलाई नयाँ सुरुवातमा सघाउँछु’

बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी त्यहाँ पुगेका हुन् ।

सुद लेख्छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु । आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

उनले आफ्नो सामाजिक संस्था सुद च्यारिटी फाउन्डेसनमार्फत काम गर्ने जनाएका छन् ।

आशा जगाउन, घरहरू पुननिर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढीले तहसनहस बगाएको त्रिशुली किनारबाट फोटो सार्वजनिक गर्दै अभिनेता तथा समाजसेवी सुदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti