उद्धारलाई प्राथमिकता दिँदै रचनाले रद्द गरिन् १० तीज शो उद्धारलाई प्राथमिकता दिँदै रचनाले रद्द गरिन् १० तीज शो

 गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको जनाएकी छन् । कार्यक्रम रोकिएपछि आफू स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो’ उनले भनेकी छन्, ‘फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ। तर अहिले होइन। अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ।’

एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाका त्यहाँका विभिन्न सहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार नेपालमा विनाशकारी बाढी गएको घटना लगत्तै रचनाले कार्यक्रम पोस्टपोन्ड गरिएको बताएकी थिइन् ।

तर, आज बुधबार भने रद्द नै गरिएको उनको भनाइ छ । अब आफू स्वदेश फर्किन लागेको उनले जनाएकी छन् । राष्ट्र शोकमा परिरहेको बेला उत्सवमा रमाउन मनले नमानेको उनको भनाइ छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti