नेपाल यातायातमै ‘झिंगे दाउ २’को टिकट, क्यूआरबाट सहज बुकिङ नेपाल यातायातमै ‘झिंगे दाउ २’को टिकट, क्यूआरबाट सहज बुकिङ

असोजको २ गतेबाट रिलिजमा आउन लागेको प्रतिक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फिल्म रिलिजका लागि २ साता बाँकी रहँदाको अवस्थामा प्रत्यक्ष रुपमा दर्शकमाझ पुग्नका लागि प्रचारलाई फरक तरिकाले अगाडि बढाइएको छ ।

८० वटा गाडी, सिट कभर राखिएको छ । नेपाल यातायातमा यात्रा गर्ने अधिकांश दर्शकले यो फिल्मको बारेमा प्रत्यक्ष जानकारी पाउनेछन् । यो प्रचार शैलीलाई अहिले आम दर्शकले रुचाइरहेका छन् ।

यस्तै, नेपाल यातायातको सिट कभरमा ‘झिंगे दाउ २’को २ वटा क्यूआर समेत राखिएको छ । जसमध्ये, एउटा क्यूआरबाट फिल्मको टिजर हेर्न मिल्नेछ । यस्तै, अर्को क्यूआरबाट क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

निर्माणपक्षले भोलि फिल्मको तीज गीत रिलिज गर्ने तयारी समेत गरेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ असोजको २ गतेबाट रिलिजमा आउँदैछ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ । 

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti