आश्वीन बने आईआईएमटीको अगस्त विजेता, जिते ५० हजार रुपैयाँ आश्वीन बने आईआईएमटीको अगस्त विजेता, जिते ५० हजार रुपैयाँ

इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को अगस्त महिनाको बिजेता आश्वीन पौडेल घोषित भएका छन् । आफूमा निहीत गायन,अभिनय,नृत्य,वाक कला लगायतका कुनै पनि बिधामा अनलाइन माध्यमबाटै प्रतिस्पर्धा गर्न पाइने ब्यबस्था गरिएको युट्युव शो इट इज माइ ट्यालेन्ट नेपालमा हरेक महिना उत्कृष्ट घोषित हुने एक जना प्रतिभाले नगद रु ५० हजार रुपैयाँ पुरस्कारका साथमा  प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गर्ने गर्दछन् । गत जुलाइमा गिनिज अधिकारी बिजेता घोषित भएका थिए ।

गायनमा आफ्नो प्रतिभा प्रदर्शन गरेका आश्वीनको प्रस्तुतिले दर्शक स्रोताको मन जितेको छ । उनको प्रस्तुतिले दर्शकबाट १०६९ लाइक,४७९० भ्युज र ६९२८ पोइन्ट प्राप्त गरि बिजेता बनेको आयोजक आईआईएमटी नेपालले जनाएको छ ।
 
मोबाइल,क्यामेराको माध्यमबाट घरबाटै आफूमा निहित प्रतिभा खिचेर प्रतियोगीतामा प्रतिस्पर्धा गर्न पाइने आईआईएमटीमा प्रतियोगीले भौतिक रुपमा उपस्थित हुनु पर्दैन । प्रतिभा प्रदर्शन गर्न ठूला सहर धाउनुपर्ने, महङ्गो यात्रा तथा बसोबास खर्च बेहोर्नुपर्ने र लामो अडिसन प्रक्रियामा सहभागी हुनुपर्ने परम्परागत अभ्यासलाई आईआईएमटी नेपालले तोडेको छ ।

डिजिटल माध्यमबाट देशभरका प्रतिभालाई समान,निष्पक्ष र लोकतान्त्रिक अवसर प्रदान गर्ने उद्धेश्य राखिएको प्रतियोगीतामा इच्छुक जो कोहीले देशको जुनसुकै स्थानबाट पनि भिडियो पठाउन सक्दछ। प्राप्त प्रस्तुतिहरू आईआईएमटीका निर्धारित मापदण्डअनुसार समीक्षा गरेर आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिने र दर्शकको छनौट र मतअनुसार बिजेता घोषणा गर्ने प्राबधान राखिएको आयोजक संस्थाले जनाएको छ ।

आईआईएमटी नेपालले कृत्रिम रूपमा बढाइएका मत तथा सहभागितालाई मान्यता नदिइने स्पष्ट पार्दै प्रतिस्पर्धालाई निष्पक्ष र पारदर्शी बनाएको छ । प्रतियोगितालाई थप रोचक,प्रतिस्पर्धात्मक तथा सहभागितामूलक बनाउने उद्देश्यले अगस्ट २०२६ देखि आईआईएमटी गोल्डेन एरो अवार्ड र आईआईएमटी बुल्सआई अवार्ड समेत सुरु गरेको छ ।

आईआईएमटी नेपालमा भाग लिन चाहने प्रतिभाले आईआईएमटी नेपालको आधिकारिक युट्युब च्यानल https://www.youtube.com/@ItIsMyTalentNepal मा मार्फत प्रतियोगीका प्रस्तुति हेर्न,मन परेको प्रतिभालाई समर्थन गर्न तथा उनीहरूको प्रस्तुति थप दर्शकमाझ पुर्‍याउन सहयोग गर्न सक्नेछन्। प्रतियोगीका प्रस्तुति तथा विजेता घोषणासहितका सामाग्री सोही युट्युब च्यानलमा नियमित रूपमा प्रशारण हुदै आइरहेको छ । प्रतियोगीतामा सहभागी हुन र थप जानकारी लिन itismytalent.com मार्फत सकिने छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti