‘लाली लपक्कै’मा निरुता विन्दुको डान्सले मच्चायो धमाका ‘लाली लपक्कै’मा निरुता विन्दुको डान्सले मच्चायो धमाका

गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उसो त यो गीत, भदौ १० गते नै रिलिज हुनुपर्ने हो ।

तर, नेपालमा आएको विनाशकारी बाढीका कारण गीत रिलिज पोष्टपोन्ड भएको थियो ।
नीशा सुनार र प्रकाश सपुतको स्वरमा तयार भएको यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् ।
सुनिल वीकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ । गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रविण भट्टको सम्पादन छ ।

गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । दर्शकका लागि उनीहरुको जोडीको केमेष्ट्री विशेष हुनसक्छ ।

यस्तै, नायिका निरुता सिंहले निकै कम भिडियोमा मात्र अभिनय गरेकी छिन् । यो गीत निकै नै कर्णप्रिय लागेपछि काम गरेको उनको भनाई छ । 

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti