प्राकृतिक विपत्तिका कारण ‘अक्षरा’को प्रदर्शन मंसिर २४ गते सर्‍यो प्राकृतिक विपत्तिका कारण ‘अक्षरा’को प्रदर्शन मंसिर २४ गते सर्‍यो

क्षीत बाबु प्रोडक्सन हाउसको निर्माण भएको फिल्म ‘अक्षरा’को प्रदर्शन मिति परिवर्तन गरेको छ। यसअघि आगामी भदौ २६ गते प्रदर्शन गर्ने घोषणा गरिएको फिल्म आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको हो।

फिल्मका निर्माताद्धय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तीमा रसुवामा आएको बाढी पहिरो र हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको उल्लेख गरिएको मिति परिवर्तनका कारण दर्शकवर्ग, सिनेमा हल व्यवसायी तथा फिल्मसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण शुभेच्छुकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ।

निर्माण पक्षले नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको छ। साथै फिल्म ‘अक्षरा’लाई माया, साथ र सहयोग गरिदिन सम्पूर्ण दर्शक तथा चलचित्र क्षेत्रसँग सम्बन्धित सबैमा अनुरोध गरेको छ।

भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले हिजो(मंगलबार)मात्रै युनिभर्सल सर्टिफिकेट पाएको थियो। फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। उनको यो डेव्यु निर्देशकिय फिल्म हो। फिल्ममा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

यस फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् । फिल्मलाई दिपेन बस्न्यातले खिचेका हुन् भने सम्पादन गौतम खड्काको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्न लागेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti