‘बाकस’मा महेश त्रिपाठी, दशैंपछि क्यामेरा अन ‘बाकस’मा महेश त्रिपाठी, दशैंपछि क्यामेरा अन

 आगामी फिल्म ‘बाकस’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । आइतबार उनले निर्मातासँग लिखित समझदारी गरे ।

निर्देशक पन्तले भने, ‘अहिले कलाकार तथा प्राविधिकसँग कुराकानी भइरहेको छ। करिब करिब कुराकानी मिलिसकेको छ। टुङ्गो लाग्न मात्र बाँकी छ।’ पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने निर्माण पक्षको भनाई छ।

नवीन पन्तको निर्देशन रहने फिल्ममा यसअघि विपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। सुजिता चौलागाईंको लगानी रहने फिल्मको सह-निर्मातामा छत्रबहादुर खड्का र कार्यकारी निर्मातामा धर्मेन्द्र पन्त छन् ।

संगीत निर्देशकमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्दैछन् । बाँकी कलाकार तथा प्राविधिक टोलीको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti