‘बा : एक योद्धा’को दोस्रो ट्रेलरमा बुबा छोराको कथा झल्कियो ‘बा : एक योद्धा’को दोस्रो ट्रेलरमा बुबा छोराको कथा झल्कियो

चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ ।

घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथालाई ट्रेलरले प्राथमिकता दिएको छ । आफ्नो दिदी बिहिनीलाई छोराले बुवाले थोरै सम्पत्ति दिन्छु भन्दा सुन्न पनि नचाहने छोराको व्यवहारलाई ट्रेलरले देखाउने प्रयास गरेको छ ।

आफ्नै बुवाको समस्या छोराहरूले नबुझ्दा बुवाआमाले भोग्नु पर्ने समस्या र अपमान देखाएको ट्रेलरले छोराभन्दा छोरीले अभिभावकको समस्या बुझ्छन् भन्ने देखाइएको छ ।

छोराहरू महत्वाकांक्षी र अव्यवाहारिक हुँदा मध्यमबर्गीय परिवार कसरी आर्थिक समस्यामा फसिरहेका छन् भन्ने ट्रेलरमा देखाइएको छ । आफ्ना छोराले भन्दा छिमिकीले पीडा बुझिरहेको देखाउने ट्रेलरले छोरीको कथालाई सस्पेन्समा राखेको छ । सकारात्मक सोच र सहयोगी बुवा र छोरी नै ठूलो समस्यामा फसिरहेको ट्रेलरले देखाएको छ ।

चलचित्र ‘बा : एक योद्धा’ असोज ९ गतेबाट प्रदर्शनमा आउँदै छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा ः एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti