‘जदौ’को ट्रेलरमा जातीय विभेद र अन्तरजातीय प्रेमको कथा ‘जदौ’को ट्रेलरमा जातीय विभेद र अन्तरजातीय प्रेमको कथा

प्रतिक्षित फिल्म ‘जदौ’ को ट्रेलर बिहीबार सार्वजनीक गरिएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा अन्तर जातीय सम्बन्धप्रति समाजमा ब्याप्त बिभेद,भेदभाव र उल्झनको बिषय प्रस्तुत गरिएको छ । मुुल कथा सस्पेन्स नै राखिएको ट्रेलरमा हाँसो,रोमान्स तथा रोदनको समीश्रण देखिन्छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’ लाई निर्माण पक्षले सामाजीक सन्देशयुक्त मनोरञ्जनात्मक चलचित्रको रुपमा अर्थयाउदै आएको छ ।

ट्रेलर सार्वजनीक कार्यक्रम निर्देशक अञ्जनले आफूहरुले नेपाली समाजमा यद्यपी ब्यप्त जातीय बिभेद,धनीमनीले गरिब–निर्धालाई गर्दै आइरहेको थिचोमिचोजस्ता गैरमानवीय कार्यबिरुद्ध चलचित्रको माध्यमबाट सशक्त आवाज उठाउने प्रयास गरेको बताए । उनले चलचित्रले नेपाली जनजीवनको मौलिक कथा बोकेको जोड दिदै प्रस्तुत बिषयले समाजलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश प्रवाह गर्ने बिश्वास ब्यक्त गरे ।

अर्का निर्देशक काजी लिम्बूले आफूहरुले बर्षौदेखि भन्न चाहिरहेको कथा ‘जदौ’ मार्फत प्रस्तुत गरेको बताए । उनले ‘जदौ’ हेर्ने मात्र नभइ महसुस र मनन गर्नुपर्ने बिषयको चलचित्र भएको दावी गरे ।

अभिनेता मुकुन भुसालले ‘जदौ’ मा आफूले बिगतका भन्दा भिन्नै भूमिका र चरित्र निर्वाह गरेको बताए । अभिनेत्री नीति शाहले ‘जदौ’ मा आफूले निकै मिहीनेत गरेको र परिणाम पनि सुखद आउनेमा आशावादी रहेको बताइन् । अभिनेता प्रभात पाल ठकुरीले  यो आफ्नो करिअरका लागि निकै महत्वपूर्ण चलचित्र भएको बताउदै आम दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरे ।

कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौडेलले पनि आफ्नो भूमिकाको बारेमा बताउदै ‘जदौ’ राम्रो बनेकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए । कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मिहीनेत र दुखका साथ चलचित्र निर्माण गरेको स्मरण गर्दै सम्पूर्ण दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन् ।

निर्माता डिल्लीराज पोखरेलले चलचित्रले मनोरञ्जनका साथै आम जनमानसमा जातीय बिभेदबिरुद्धको आवाज समेत बुलन्द गरेको स्मरण गराउदै यस प्रकारका चलचित्रलाई सबैले साथ दिनुपर्ने धारणा राखे । चलचित्रकी कन्सेप्ट डिजाइनर बिमला भण्डारीले आम नेपालीलाई  ‘जदौ’ हेर्न आग्रह र आव्हान गरिन् ।

असोज ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने चलचित्रमा मुकुन,नीति,प्रभातपाल,ऋचा शर्मा,गीता अधिकारी,नरेश पौड्यालका साथमा राजश्री थापा,विनोद न्यौपाने,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतले अभिनय गरेका छन् । श्याम तामाङ र नवराज उप्रेती (गीत) को छायांकन रहेको  ‘जदौ’ को सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री छन् ।

सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको चलचित्रलाई एनजिसिएन ग्रुपले बितरण गर्दैछ । समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको शीर्ष गीत-जदौ हजुर..र प्रेमिल गीत–तिमीसँग नबोलि..हाल दर्शकस्रोताको रोजाइमा छन् ।

यसअघि सार्वजनीक टिजरले आमदर्शकको ध्यान तानिसकेको छ । कार्यक्रममा ‘जदौ’ को तर्फबाट गोलाप्रथाद्वारा ७ जना भाग्यशाली संचारकर्मीलाई बिभिन्न उपहार प्रदान गरिएको थियो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti