‘पेन्सन पट्टा’को अन्तर्राष्ट्रिय प्रदर्शन अस्ट्रेलिया र स्पेनमा हुने ‘पेन्सन पट्टा’को अन्तर्राष्ट्रिय प्रदर्शन अस्ट्रेलिया र स्पेनमा हुने

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पाँचौ दिनसम्म देशब्यापी डेढकरोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता तथा निर्देशक गुरुङका अनुसार मंगलबारसम्म १ करोड ५० लाख १३ हजार रुपैयाँ ग्रस कमाएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा सेप्टेम्बर २१ देखि फिल्म रिलिज हुने जनाइएको छ । ब्याकअप इभेन्ट्स र डीबोइज इन्टरटेनमेन्टले अष्ट्रेलियाको सिड्नी, एनएसडब्ल्यू, ब्रिस्बेनलगायतका शहरमा रिलिज गर्न लागेको हो ।

त्यसयता पनि फिल्मले राम्रो कमाइ गरिरहेको गुरुङले बताए ।

यसैबीच, यो फिल्म अष्ट्रेलिया र स्पेनमा पनि रिलिज हुने भएको छ । स्पेनको बार्सिलोनामा २९ सेप्टेम्बरदेखि फिल्म रिलिज हुन लागेको जनाइएको छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई लगायतको अभिनय छ । यसपछि अमेरिका, क्यानडा, जापान, हङकङ, बेलायत, कोरिया, युरोप र खाडी मुलुकमा समेत रिलिजको तयारी छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti