आशिष तामाङ र प्रदीपजी धामीले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् ।

आन्भी फिल्म्सको प्रस्तुति रहने कबड्डी फिल्म्सको सहयकार्य रहने चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिषरमा शुभमुहूर्त गरिएको हो ।
यो चलचित्रलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्ने भएका छन् । चलचित्र ‘बखत्ते’ मा उनैको लेखन रहेको छ ।
चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर छन् । यस्तै, यस सिनेमामा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ ।
“मैले लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु । यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ,” निर्देशक सुब्बाले भने, “इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ ।” सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो ।
आशिषएच तामाङ र प्रदीपजी धामी निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता युवराज काफ्ले छन् । सह–निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । साउन्ड डिजाइन उत्तम न्यौपानेको रहनेछ ।
चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन् । हेड अफ प्रोडक्सनमा दिलीप पन्त छन् । प्रोडक्सन म्यानेजरमा रबिन बखरेल रहेका छन् ।
चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ । गीत युवराज काफ्ले र दानबहादुर कार्कीको रहनेछ ।

मेकअप तथा हेयरः स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)को रहनेछ । पोस्टर/पब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) छन् ।
मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको सिनेमाको वितरण काठमाडौंमा एप्पल इन्टरटेनमेन्टले गर्नेछ भने काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ ।




