अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङले आगामी फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने भएका छन् । रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुन लागेको अनटाइटल प्रेमकथा फिल्ममा यी दुई कलाकारलाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो ।
झन्डै ४ करोड रुपैयाँ बजेटमा निर्माण हुने बताइएको फिल्मको छायांकन चैतदेखि सुरु गर्ने तयारी छ । अहिले प्राविधिक टोली र कलाकारको लाइनअप तय गर्ने काम भइरहेको छ ।
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । निर्माता अधिकारी र निर्देशक लामाले यसअघि पनि केही प्रोजेक्टमा सहकार्य गरिसकेका छन् ।
रोहित अधिकारी फिल्म्सले यसअघि अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’को सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने घोषणा गरिसकेको छ ।




