गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। शालु श्रेष्ठको शब्द रहेको गीतमा कमलको नै संगीत रहेको छ। गीतमा कमललाई गायिका शोभा अधिकारीले साथ दिएकी छिन्।
विजेश्वर तन्डुकारको संगीत संयोजन रहेको गीतमा राजेश तन्डुकारको मिक्सिङ्ग/ मस्टरिङ्ग रहेको छ।
किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा करन सुनार र साहार बसेल फिचर रहेका छन्। दुवैको आकर्षक नृत्य र कोरियोग्राफीले भिडियो आकर्षक बेनको छ।
भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन र कलर रहेको छ। प्रवेश खत्रीले छायांकन र सम्पादनमा पवनलाई साथ दिएका छन्।




