नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’मा मोडल बिक्रम बुढाथोकी अनुबन्ध भएका छन। ५ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका उनले प्रमोद खरेलको २०० भन्दा बढी गीतसँग सहकार्य गरेका छन ।
म्युजिक भिडियोमा बलियो उपस्थित जनाइ रहेका उनने नवीन पन्तको निर्देशनमा बन्ने फिल्म”बाकस”बाट फिल्म यात्रा सुरु गर्दै छन । निर्माण टिमको जानकारी अनुसार हाल बाकी कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ।
फिल्म बाकसमा यश अघि बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी ,भोलाराज सापकोटा र सुपला सापकोटो त्यस्तै बाल कलाकारहरुमा रेखा भन्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खडका अनुबन्ध भइसकेका छन्। ‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्र बहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल, छाँयाकार मा महेश पौडेल, र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्। फिल्मको प्रदर्शन मिति भने अहिले तोकिएको छैन। निर्माण पक्षका अनुसार फिल्मको सुटिङ सकेपछि तोक्ने योजना रहेको छ।





