कंगाल करोडपतिको सुटिङ गोकर्णबाट सुरु मंगलबारदेखि फ्लोरमा कंगाल करोडपतिको सुटिङ गोकर्णबाट सुरु मंगलबारदेखि फ्लोरमा

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि सुरु भएको छ। फिल्मको पहिलो सेड्युल गोकर्णबाट सुरु गरिएको हो।

निर्माण पक्षका अनुसार राजधानीमा चार दिन छायांकन गरेपछि फिल्मको टोली चितवन जानेछ। फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने तयारी छ।

प्रविण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकार देखिनेछन्।

सामाजिक तथा पारिवारिक कथामा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माता छन्।

फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका छन् भने पटकथा तथा संवाद चानस पुन मगरको हो। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा बन्ने फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ।

जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा फिल्ममा जोडिएका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti