कार्तिक १३ मा रिलिज परिवारको दशैं गीत रातो टिकाले बढायो पर्वको रौनक कार्तिक १३ मा रिलिज परिवारको दशैं गीत रातो टिकाले बढायो पर्वको रौनक

आगामी कार्तिक १३ गते रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन् ।

स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतमा बाबुलकै मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ । दशैंको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको डान्सिङ नम्बरको गीतमा फिल्मका कलाकारहरु कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय छ ।

गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले गाउँको झल्को दिन्छ । गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको यसअघि नै एक फस्टलुक र टिजर सार्वजनिक भइसकेको छ ।

टिजर र फस्टलुकलाई दर्शकले माया दिइरहँदा सार्वजनिक गीतलाई पनि दर्शकले उत्तिकै मनपराउनेमा निर्माण पक्ष ढुक्क छ । शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको फिल्ममा मदन थापाको निर्देशन छ ।

‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नारा बोकेको फिल्ममा कामेश्वर चौराशिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti