अक्षराको प्रचारमा देखियो क्रेज २५० बढी साइकल यात्रीले लगाए टि सर्ट अक्षराको प्रचारमा देखियो क्रेज २५० बढी साइकल यात्रीले लगाए टि सर्ट

प्रदर्शन मिति नजिकिँदै गर्दा ‘अक्षरा’को प्रचार तीव्र, २५० बढी साइकल यात्रीद्वारा भव्य र्‍याली

असोज २३ गतेदेखि प्रदर्शनमा आउँदै ‘अक्षरा’, दर्शकमाझ पुर्‍याउन २५० बढी साइकल यात्री सडकमा
किर्तिपुरदेखि कपनसम्म गुञ्जियो ‘अक्षरा’को प्रचार, २५० बढी साइकल यात्रीले निकाले ¥याली

आगामी शुक्रबार अर्थात असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को प्रचारप्रसारलाई तिब्र पारिएको छ। आइतबार किर्तिपुरबाट २ सय ५०भन्दा बढि साइकल यात्रीहरुले फिल्मको टि–सर्ट लगाएर कपनको क्लब मण्डला पुगेका छन्। फिल्मको प्रचारप्रसार स्वरुप उक्त र्‍याली गरिएको निर्देशक विनयराज पौडेलले बताए। उनले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकमाझ फिल्मलाई पुर्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए।

उक्त कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का,पुस्कर राउत,फिल्मका निर्माता तथा निर्माण पक्षको उपस्थिति रहेको थियो। युनिभर्सल सर्टिफिकेट पाएको यस फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन्।

२ घण्टा १४ मिनेट लम्बाइ रहेको आफ्नो छोरीले सुख पाउछे भन्दै चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याका बारेमा फिल्मको कथाले बोल्ने निर्माण पक्षले जानकारी दिदै आएको यस फिल्ममा न्यान्सीका अलवा फिल्ममा सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

यस फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने फिल्मलाई दिपेन बस्न्यातले खिचेका हुन्। साथै सम्पादनको जिम्मा गौतम खड्काको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले नेपालभर फिल्म वितरणको जिम्मा लिएका छन् भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti