एलिजा गौतम पुन मिसेस भोग नेपालको ब्रान्ड एड्भोकेट एलिजा गौतम पुन मिसेस भोग नेपालको ब्रान्ड एड्भोकेट

महिलाको सौन्दर्यलाई बाहिरी आकर्षणमा मात्र सीमित नराखी आत्मविश्वास, प्रतिभा, नेतृत्व र सामाजिक पहिचानसँग जोड्ने उद्देश्यसहित अघि बढिरहेको ‘मिसेस भोग नेपाल सिजन–४ : बियोन्ड द क्राउन’ मा एलिजा गौतम पुनः ब्रान्ड एड्भोकेटका रूपमा जोडिएकी छन्।

हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको यस अभियानमा सञ्चार क्षेत्रकी नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता गौतमको पुनः सहभागितालाई महिला सशक्तीकरणको अभियानका रूपमा हेरिएको छ।

प्राइम टाइम टेलिभिजनकी निर्देशकसमेत रहेकी गौतम सञ्चार क्षेत्रसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन्। उनको सहभागिताले महिलाहरूलाई आफ्नै क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अघि बढ्न र समाजमा छुट्टै पहिचान स्थापित गर्न प्रेरित गर्ने आयोजकको विश्वास छ।

मिसेस भोग नेपालले विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व र क्षमतालाई उजागर गर्दै उनीहरूलाई नयाँ अवसर तथा सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ। प्रतियोगिताले बाहिरी सौन्दर्यभन्दा माथि उठेर महिलाको विचार, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक योगदानलाई समेत प्राथमिकता दिँदै आएको छ।

‘बियोन्ड द क्राउन’ अर्थात् ‘मुकुटभन्दा पर’ भन्ने मूल नारासहित अघि बढिरहेको यस संस्करणले सौन्दर्य प्रतियोगिताको परम्परागत परिभाषालाई फराकिलो बनाउँदै हरेक महिलाको पहिचान, आत्मसम्मान र सम्भावनाको उत्सव मनाउने उद्देश्य राखेको छ। महिलाहरू एकअर्काका प्रेरणा बन्ने, आफ्ना सपना पछ्याउने र समाजमा सकारात्मक परिवर्तनको संवाहक बन्ने वातावरण निर्माण गर्नु पनि यसको मुख्य लक्ष्य रहेको छ।

एलिजा गौतमको पुनः आबद्धतासँगै मिसेस भोग नेपाल सिजन–४ ले महिला सशक्तीकरण, आत्मविश्वास र सामाजिक प्रभावको सन्देशलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti