‘नरसिंहा : अवतार’ रिलिजपछि पनि देश दौडाहामा राजेश हमाल ‘नरसिंहा : अवतार’ रिलिजपछि पनि देश दौडाहामा राजेश हमाल

आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण फिल्मी स्टेशन पुगे । यस्तै, पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे।


उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् । काठमाडौंका हलमा मात्र नभएर विभिन्न स्थानमा पनि पुगेर उनले फिल्मको प्रमोशन गरिरहेका छन् । हमालले ‘नरसिंहाः अवतार’लाई गम्भीर रुपमा लिएको देखिन्छ । यो फिल्मको प्रमोशनमा हमालले कही कतै पनि वडिगार्डको माग गरेका छैनन् । अहिलेका नयाँ पुस्ताका नायकहरु पत्रकार सम्मेलनमै वडिगार्डको माग गर्छन् । तर, हमालले भने देश दौडाहाका क्रममा प्रत्यक्ष दर्शकसँग कुराकानी गरे, फोटो खिचे ।
हमाल आज पनि आफू फिल्म क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्नो प्रोजेक्ट सफल बनाउन लागिपर्ने सन्देश दिन सफल भएका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, नीति शाह, टार्जन, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मले एक सातामा २ करोड ४ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो । नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti