दीपकराज गिरीले खराने ग्याङका लिडरको अभिव्यक्तिको जवाफ दीपकराज गिरीले खराने ग्याङका लिडरको अभिव्यक्तिको जवाफ

विशेषगरी चलचित्र ‘छ माया छपक्कै २’ को ९ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू सार्वजनिक भइरहेका छन्। बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा नआएको भन्दै दिपकराजका पुराना अभिव्यक्तिका क्लिपहरू काटेर चलचित्र बहिष्कार गर्नुपर्ने आशयका भिडियोहरू भाइरल बनाउन थालिएको छ।

यही विषयलाई लिएर दिपकराजले सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेखेका छन्। उनले कसैलाई लखेट्नु, पिट्नु वा भगाउनु राम्रो नभएको उल्लेख गर्दै असहमति भए बौद्धिकताका आधारमा जवाफ दिनुपर्ने अभिव्यक्ति दिएको बताएका छन्।

तर, आफ्नो भनाइलाई सम्पादन गरेर केही अतिवादी कार्यकर्ताहरूले गलत मनसायका साथ भिडियो तथा तस्बिरहरू सार्वजनिक गरेको भन्दै उनले आपत्ति जनाएका छन्। आफ्नो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गरिएको भन्दै दिपकराजले आक्रोश पोखेका हुन्।

यस्तो छ दिपकको स्टाटस :

“कसैलाइ लखेट्नु ,पिट्नु भगाउनु राम्रो होइन ,
यदि असहमती छ भने बौद्दिकताले लखेट्नु पर्छ “
भनेको यहि नै थियो तर मेरो अभिब्यक्ति लाइ केहि अतिबादी
कार्यकर्ताहरू ले , अनेकौ फुर्का थपेर ,बिचका अंश सम्पादन  गरेर ,गलत ब्याख्या लगाउदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाउदै सामाजिक संजाल रंगाएको देख्दा ताज्जुब नै लाग्यो !
हरेक कुरामा जातियता छिराउने , अतिबादको बुइ चढेर
बर्षौ देखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द श्रृजना गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नै साथै कला र संस्कृती क्षेत्रमा समेत जात पात छिराएर घृणा फैलाउने कुराको सदैब बिपक्षीमा नै उभिएको थिए र रहि नै रहनेछू !
जात ,पात , धर्म भनेको सराद्दे र पूजा आजामा काम लाग्ला राजनीतिमा लाग्दैन …..जय नेपाल !

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti