प्रि–प्रोडक्सनमा देऊजाको ‘झिँगेदाउ २’ प्रि–प्रोडक्सनमा देऊजाको ‘झिँगेदाउ २’

निर्देशक ज्ञानेन्द्र देउजाले सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि–प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।

यो फिल्मको सिक्वेलमा अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै रहने निर्देशक देउजा जानकारी दिए । त्यसका साथै एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । फिल्मको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।

कपनगढी सिनेमा प्रा.लीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्म २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti