ट्रु इन्टरटेनर्स प्रा.लि.द्वारा निर्मित नेपाली चलचित्र ‘अरिङ्गाल’को छायांकन पर्वत जिल्लाको रमणीय स्थल राम्जा क्षेत्रमा सुरु भएको छ । बिहिबार चलचित्रका कलाकार र निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको हो ।

चलचित्रका निर्देशक अमृतो स्वामी हुन् । यो चलचित्रमा मुख्य कलाकारहरूमा नायक निश्चल खड्का र नायिका सोफि धरेलले काम गरिरहेका छन् । राम्जामा यो चलचित्र १० दिन खिचेपछि बाँकी एक महिना काठमाडौँमा खिचिने जानकारी फिल्मका लाइन प्रोड्युसर पुष्कर लामाले दिएका छन् । सिनेमाको विषयवस्तु र अन्य कलाकारको बारेमा निर्माण पक्षले अहिले केही पनि खुलाएको छैन ।



