पूजा शर्मा र अशोक दर्जी अभिनीत सेतो कोटको छायाङ्कन सुरु पूजा शर्मा र अशोक दर्जी अभिनीत सेतो कोटको छायाङ्कन सुरु

चलचित्र ‘सेतो कोट’ को छायाङ्कन सुरु भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको प्राङ्गणमार्फत फिल्मको छायाङ्कन सुरु गरिएको हो । निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको हो ।

पूजा शर्माको पहिलो सट लिँदै छायाङ्कन सुरु गरेको फिल्मको छायाङ्कन काठमाडौँ र मकवानपुरमा हुने छ  । मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायाङ्कन पुसको पहिलो सातामा सकिने छ ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्।

चलचित्रमा पूजा शर्मा, नीर शाह,अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी,शङ्कर श्रेष्ठ लगायतको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। सङ्गीत स्टिभ सङ्करले तयार गर्नेछन्। हेड अफ प्रोडक्सन अरुण रेग्मी, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज, शृङ्गार स्वस्तिका, भान्सा व्यवस्थापन कुमार शाह, पोसाक रवि, मुख्य सहायक निर्देशन नवराज शर्मा र दीप्त प्रकाश अधिकारीको रहनेछ भने सह निर्देशक विनिशा सेवा हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti